जेष्ठ ३२ । साओमीले चीनमा एमआई नोटबुक प्रो १५ ल्याप्टप सार्वजनिक गरेको छ। एमआई नोटबुक प्रो १५ ल्याप्टप २ ओटि मोडेलमा उपलब्ध भएको छ।
एउटा इन्टेलको आई फाइभ प्रोसेसर प्रयोग भएको भने अर्को इन्टेलको आई सेभेन प्रोसेसर प्रयोग भएको ल्याप्टप रहेको छ। यी दुबै प्रोसेसर इन्टेलको १० औं पुस्ताका हुन्।
यी दुबै मोडेल १५.६ इन्च स्क्रीनमा उपलब्ध रहेको छ। आई फाइभ प्रोसेसर प्रयोग गरिएको ल्याप्टपको मूल्य ५ हजार ९ सय ९९ युआन तोकिएको छ।
त्यस्तै आई सेभेन प्रोसेसर प्रयोग गरिएको ल्याप्टपको मूल्य ६ हजार ९ सय ९९ युआन तोकिएको छ। यी दुबै मोडेलमा विन्डोज १० प्रि इन्स्टल गरिएको छ।
यो ल्याप्टप १६ जीबी र्याम सहित १ जीबी एसएसडीमा उपलब्ध रहेको छ। यसमा युएसबी पोर्ट, एचडिएमआई पोर्ट, एसडी कार्ड स्लट, युएसबी टाइप सी पोर्ट तथा ३.५ एमएम हेडफोन ज्याक लगायतका सुविधा छन्।
Facebook Comments


























