काठमाडौं, जेठ ३१ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कालीनदी पूर्वको जमिन नेपालको भएको बताएका छन्।
आजको संसदमा नेपालको संविधान दोस्रो संशोधन विद्येयकमाथि दफाबार छलफलमा भाग लिँदै देउवाले यस्तो बताएका हुन्। ‘सुगौलीको सन्धि १८१६ अनुसार कालीनदी पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट छ। ब्रिटिसले छापेको, चाइनीजले छापेको नक्सामा पनि नेपालको हो भन्ने कुरा स्पष्ट छ। यसमा दुइ मत नै छैन,’ उनले भने,‘हाम्रो पार्टीले संसोधन प्रस्तावमा सपोर्ट गर्ने निर्णय गरेको छ।
आजै संसदीय दलको बैठकमा पनि संसोधनको पक्षमा मतदात गर्ने निर्णय गरेकोछ यसलाई संसदीय दल केन्द्रीय समितिले पूर्ण समर्थन जनाएको छ।’ उनले सबै पार्टीको एकता देखिनु महत्वपूर्ण कुरा छ राष्ट्रिय हितमा भएको पनि बताए। उनले कुटनीतिक तबरबाट भूमि फिर्ता गर्न विपक्षी दलको हैसियतले सहयोग गर्ने पनि बताए।


























