जेष्ठ ३१ । ट्वीटरले चीनको पक्षपोषण गर्दै खोलिएका एक लाख ७० हजार एकाउन्ट ट्वीटरले बन्द गराएको छ।
हरेक कुरामा चीनको पक्षपोषण हुने गतिविधि देखिएपछि ती सबै ट्वीटर एकाउन्ट बन्द गरिएको हो।
हङकङमा भइरहेको सरकारविरोधी प्रदर्शन र कोरोना भाइरसका कारण विश्व आक्रान्त भइरहँदा उक्त विषयमा चीनको आलोचना भइरहँदा पनि त्यसको खण्डन गर्दै चीनले चालेको कदम सही भनेर पक्षपोषण गरिएपछि ती एकाउन्ट बन्द गरिएका हुन्।
ती एकाउन्ट नियतवस खोलिएको तथा चीनको कट्टर समर्थन गर्दै कन्टेनहरू बुष्ट गरेको पाइएपछि उक्त एकाउन्टहरू बन्द गरिएको हुन सक्ने द गार्जियनले जनाएको छ।
Facebook Comments


























