जेष्ठ २८ । चेल्सी मिडफिल्डर एनगोलो कोन्टे नियमित प्रशिक्षणमा फर्किएका छन्।
कोरोनाको चिन्ताका कारण उनले एक्लै अभ्यास गरिरहेका थिए। अब भने कोन्टे टिमका सहकर्मी सहितको नियमित अभ्यासमा फर्किएका हुन्।
२९ बर्षका कोन्टेलाई सुरुवातमा घरमै एक्लै अभ्यास गर्न अनुमती दिईएको थियो। उनका टिमका साथीहरु कोबहममा सिमित प्रशिक्षणमा फर्किएका थिए।
कोन्टे पछिल्लो महिनाको अन्तिममा कोमहममा आफै अभ्यासमा फर्किएका थिए।
सन् २०१८ मा एक प्रशिक्षणको दौरान उनी बेहोस भएका थिए। घटनालाई लिएर फ्रान्सका खेलाडीले चिन्ता प्रकट गरेका थिए। सोही बर्ष उनको भाईको ह्दयघातका कारण निधन भएको थियो।
उनले चेल्सीबाट सिजनका बाँकी खेल खेल्ने निर्णय गरेमा लण्डन क्लबलाई राहत मिल्नेछ।
चेल्सीले जुन १७ मा एस्टन भिल्लासंग खेल्दै सिजनको सुरुवात गर्नेछ। त्यसको चार दिनपछि लण्डन क्लबले म्यान्चेष्टर सिटीलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ। एजेन्सी


























