जेष्ठ २८। स्टोक सिटीका प्रशिक्षक माईकल ओनीललाई कोरोना भाईरसको संक्रमण देखिएको छ। अन्तिम चरणको परिक्षणमा प्रशिक्षक ओनीललाई कोरोनाको संक्रमण पुष्टि भएको हो।
प्रशिक्षकमा कोरोना देखिएपछि मंगलबार सूचना जारी गर्दै स्टक र युनाईटेडको खेल रद्ध गरिएको थियो।
स्टोक युनाईटेडको केरिङटोन अभ्यास मैदानमा पुगेको थियो। उनी एकेडेमीको भवनमा रहेको समय कोरोना भएको जानकारी पाएका थिए।
५० बर्षको ओनील अघिल्ला पाँच चरणको परिक्षणमा नतिजा नेगेटिभ आएको थियो।
स्टोकले नर्दन आयरल्याण्डका पूर्व प्रशिक्षकले नियमको पालना गर्दै एकान्तबासमा जाने बताएको छ।
च्याम्पियनसिप क्लबले मंगलबार घटनाको पुष्टि गर्दै ओेनील आफ्ना प्रशिक्षक स्टाफ र खेलाडीसंग नियमित रुपमा सम्पर्कमा रहेको बताएको छ।
सहायक प्रशिक्षक बिली म्याककिन्लले प्रशिक्षणको जिम्मेवारी सम्हालेका छन्। उनले जुन २० मा रिडिङबिरुद्ध हुने खेलको तयारी गराउनेछन्।
स्टोक सिटी च्याम्पियनसिपको १७ औं स्थानमा छ। क्लब रेलिगेशन जोन भन्दा तीन अंकले माथि छ। एजेन्सी


























