फागुन १० । सिभिल बैंकले आफ्नो १० औ साधारण सभा सम्पन्न गरेको छ। बैंकले हिजो भर्चुवल माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो। उक्त सभा मार्फत बैंकले लगानीकर्ताहरुलाई दिने भनिएको लाभांश पारित गरेको छ। यस अघि बैंकको संचालक समितिले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश पारित गरेको हो।
त्यसतै, उक्त साधारण सभा मार्फत बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।