काठमाडौं, जेष्ठ २८ । जुम्लाका १८ जना कोरोना संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन्।
उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार ५ जना सुरक्षाकर्मी, ३ जना स्वास्थ्यकर्मी र हिमागाउँपालिकाका ४ जना, सिंजा गाउँपालिकाका ६ गरी कुल १८ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
उनीहरूलाई जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायब उपरीक्षक लालबहादुर धामी लगायतले फूलमाला लगाएर विदाई गरेका थिए।
घर फर्किएपछि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नेगरी उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका डा.धिरज गुरुङले बताए।
Facebook Comments


























