काठमाडौं, जेष्ठ २७ । मंगलबार थप ८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
उनीहरुमध्ये ८ जना महिला र ८८ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ सय ८४ पुगेका छन्। हालसम्म १५ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments


























