रूपन्देही, जेष्ठ २७ । रूपन्देहीमा गएराति ५ जनाको सामूहिक हत्या भएको छ।
हत्या हुनेहरुमा ४ पुरुष र १ महिला छन्। उनीहरु सबै स्थानीय हुन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मृत्यु हुनेमा ७ वर्षका करण चौधरी, १७ वर्षका आशिष चौधरी, ३५ वर्षका जानकी मुसहर, ४० वर्षका माधव मुसहर र १४ वर्षका पोषराज मुसहर रहेको प्रहरीले जनाएको छ।
माधव र जानकी श्रीमान–श्रीमती हुन्। यता, हत्या अभियोगमा पहरीले सुर्खेतका धसेन्द्र सिंजालीलाई पक्राउ गरेको छ। कान्छीबजारका कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका सिंजालीले सोही फर्ममा काम गर्ने उनीहरुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
Facebook Comments


























