जेष्ठ २६ । बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले लियोनल मेस्सी पूर्ण रुपमा फिट रहेका बताएका छन्।
मेस्सीको शारीरिक अवस्थाबारे जानकारी दिदै सेटियनले मेस्सी पूर्ण रुपमा निको रहेको बताएका हुन्।
खुट्टाको चोटका कारण मेस्सीले ब्यक्तिगत रुपमा अभ्यास गरेका थिए। कोरोना भाईरसका कारण अबरुद्ध सिजन पुन सूरु हुनै लाग्दा मेस्सीले चोट बोकेको क्लबले पुष्टि गरेको थियो। ला लिगाको अबरुद्ध सिजन जुन ११ बाट सुरु हुदैछ।
लिग लिडर बार्सिलोनाले प्रतिद्धन्दी रियल मड्रिडसंग दुई अंकको अग्रता लिएको छ। लिगमा ११ चरणका खेल खेल्न बाँकी रहेका छन्। बार्सिलोनाले जुन १३ मा मार्लोकासंग खेल्दै लिगको सुरुवात गर्दैछ।
लगत्तै बार्सिलोनाले तीन दिनमा लेगानेससंग खेल्न पर्नेछ। जुन २१ म सेभिल्लासंग खेल्न अघि बार्सिलोनाले केही दिन बिश्राम पाउनेछ।
व्यस्त तालिका भएपनि बार्सिलोनाका प्रशिक्षक सेटियन ६ पटकका वालेन डी ओर खेलाडीलाई लिएर चिन्तित छैनन्।
‘मेस्सीले मात्र हैन, अन्य खेलाडी समेत प्रशिक्षणमा सहभागी छैनन्। उनीहरु चिन्तित जस्ता देखिन्थे।’ सेटियनले भनेका छन्, ‘यो उनी सहित धेरैलाई भएको छ।’
‘मेस्सी केही चिन्तित छन्। त्यो धेरै महत्वपूर्ण छैन। मलाई लाग्छ, उनी पूर्ण रुपमा ठिक छन्। र उनलाई कुनै समस्या हुने छैन।’ उनले थपे।
‘यो कुनैपनि खेलाडीका लागि समान बिषय हो। हामी हेर्नेछौ, लिग कस्तो हुनेछ र कस्तो परिस्थिती आउनेछ।’ उनले भने।
‘हामीसंग धेरै खेल छ। र सानो टिम छ। म सधै मेस्सी मैदानमा भएको देख्न चाहन्छु।’ सेटियनले भनेका छन्।
मेस्सी १९ गोल सहित ला लिगाको सर्वाधिक गोलकर्ताको दौडमा अगाडी छन्। रियल मड्रिडका करिम बेन्जिमाले उनलाई १४ गोल सहित पछ्याईरहेका छन्।
बार्सिलोना मेस्सीको फिटनेसमा केन्द्रित देखिएको छ। उरुग्वेका स्टार लुईस स्वारेज चोट मुक्त हुदै मैदान फर्कदैछन्। जसले बार्सिलोनालाई थप उर्जा दिनेछ।
बार्सिलोनाले समेत पछिल्लो हप्ता स्वारेज पूर्ण रुपमा निको भएको भन्दै मार्लोकाबिरुद्धको खेलमा मैदान उत्रने बताएको थियो। स्वारेज जनवरीपछि पहिलो पटक बार्सिलोनाको टिममा फर्कन लागेका हुन्।
खुट्टाको शल्यक्रिया पछि स्वारेज पछिल्ला ५ महिना मैदान बाहिर रहेका थिए। उनी यस सिजनको अन्तिमसम्म मैदान बाहिर रहने बताईएको थियो। तर कोरोना भाईरसका कारण यस बर्षको सिजन लम्बिए संगै स्वारेज मैदान फर्कन लागेका हुन्। एजेन्सी


























