काठमाडौं, जेष्ठ २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी विद्यालयमा क्वारेन्टीन राखेर निजी विद्यालय मात्र चलाउने निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ। सामुदायिक विद्यालय र विश्वविद्यालय बन्द गरेर निजी विद्यालय चलाउने कुरा विल्कुलै अनुचित हुने कांग्रेसको ठहर छ।
विनियोजन विधेयकमाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिदै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतँक बालकृष्ण खाँणले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अब विद्यालय चल्छन्, भर्ना लिन्छु भन्दै हिड्नु गैरजिम्मेवारी भएको भन्दै विरोध जनाएका हुन्।
‘हुन त शिक्षामन्त्रीका आफ्नै गुनासा छन, अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा आफ्ना कुरा नपरेको भन्दै शिक्षामन्त्रीले गीत गाउँदै हिड्नु भएको छ। अर्कोतिर शिक्षामन्त्रीले अब विद्यालय चल्छन् भन्दै हिँड्नु हुन्छ, परीक्षा चल्छ भन्नुहुन्छ,’ खाँणले भने, ‘देशभरका समुदाय र सरकारी मा क्वारेन्टिन राख्ने, निजी विद्यालय शुल्क चल्न दिने ? विल्कुलै अनुचित हुन्छ।
उनले थपे- ‘निजी चलाउने हो भने सबै चलाउनु पर्छ। निजी विद्यालय फि लिनका लागि मात्र चलाउने ? शिक्षामन्त्रीले भर्ना लिन्छु भन्ने, सरकारले गुमराह गरेको हो, यसको घोर विरोध गर्छु।’

























