जेष्ठ २५ । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले साँघुरो जित निकालेको छ।
शनिबार राति भएको खेलमा दोस्रो स्थानको डर्टमण्डले हेर्था बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन इम्री क्यानले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा क्यानले निर्णायक गोल गरेका थिए।
जितसँगै डर्टमण्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दुरी घटाएको छ।
डर्टमण्डले बायर्नसँगको अंक दुरी ७ मा झारेको छ। डर्टमण्डले ३० खेलमा ६३ अंक जोडेको छ। बायर्नको ७० अंक रहेको छ।
बर्लिन ३८ अंकसहित लिगको नवौं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























