जेष्ठ २५ । इन्डोनेसियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ।
नौ जना सवार हेलिकप्टर दुर्घटनाका अन्य पाँच जना घाइते भएको अन्तर्राष्ट्रिष्य सञ्चारमाध्यमहरुले जनाएका छन्।
इन्डोनेसियाली सञ्चारमाध्यम कोमपास टीभीका अनुसार जाभा प्रान्तमा भएको उक्त दुर्घटनाका घाइतेहरुलाई केन्डल जिल्लास्थित अस्पतालमा भर्ना गरिएको छ।
कम ऊचाईमा उडेको हेलिकप्टर दुर्घटना हुनुअघि नै २ जना भने निस्किन सफल भएको कोम्पास टीभीले जनाएको छ। उनीहरू सामान्य घाइते छन्। एजेन्सी
Facebook Comments


























