काठमाडौं, जेष्ठ २४ । नेपाली काग्रेसका सांसद मिनेन्द्र रिजालले बजेटमाथि टिप्पणी गर्दै सरकार असफल भएको दाबी गरे। सरकारसँग काम गर्ने क्षमता र इमान्दारी दुवै नभएको रिजालको टिप्पणी छ।
खर्च कटौती प्रस्तावमाथि बोल्दै प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद रिजालले बजेट आउनुभन्दा एक दिन अघि विद्युतीय गाडीलाई भन्सार नलिई छोडेकोबाट सरकार असफल भएको पुष्टि हुने दाबी गरे।
‘सरकारले जसरी एक दिनअघि बिजुलीबाट चल्ने गाडी छोड्यो, यसबाट आफू निकट व्यापारीहरुलाई र आफू कमाउनेमा लागेको पुष्टि भएको छ’, उनले भने, ‘यो घटनाबाट सरकारको इमान्दारीतामा प्रश्न खडा भएको छ।’
सरकारको राजश्व उठाउन सक्ने क्षमता नभएको उनले टिप्पणी गरे। अर्थ मन्त्रालयको खर्च २५ अर्बबाट ८ अर्बमा ल्याउन उनले माग गरे।
Facebook Comments


























