चितवन, जेष्ठ २२ । चितवन मेडिकल कलेजले एक महिनादेखि उपाचररत एक चेपाङ बालिकाको झण्डै डेढ लाख रकम मिनाहा गरेको छ। अस्पतालले कालिका नगरपालिका वडा नं. १० सिद्धिकी सदीक्षा चेपाङको उपचार खर्च मिनाहा गरेको हो।
कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले आर्थिक अवस्था अति नै कमजोर भएको परिवार भएकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उपचार खर्च १ लाख ५३ हजार ८ सय ६० छुट गरिएको बताए।
सदीक्षा चेपाङ डिस्चार्ज भएकी छन्। बालिकाका बुबा वर्षा चेपाङले छोरीको उपचारमा अस्पतालले सहयोग गरेकोमा धन्यवाद दिए।
Facebook Comments


























