चीन, जेष्ठ २२ । बिहीबार चीनमा एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएको छ।
समाचार एजेन्सी रोयटर्सले चीनको स्वास्थ्य विभागको रिपोर्टलाई उद्धृत गर्दै भनेको छ, ‘चार वटा यस्तो मामिला पनि सार्वजनिक भएको छ, जसमा सङ्क्रमणको कुनै लक्षण देखिएको छैन।’ यो घटना जुन ३ तारिखको हो।
नेशनल हेल्थ कमिसनका अनुसार सबै सङ्क्रमित चीनबाहिरबाट आएका व्यक्तिमा देखिएको हो। उनीहरुले भर्खरमात्रै विदेशको यात्रा गरेका थिए।
गएको जुन २ तारिखमा पनि पाँच जनामा कोरोना पुष्टि भएको थियो, जसमा सङ्क्रमणको कुनै लक्षण देखिएको थिएन।
चीनले सङ्क्रमित हुनेको सङ्ख्याको रेकर्ड राख्ने क्रममा लक्षण नदेखिएका सङ्क्रमितलाई गन्दैन।
चीनमा अहिलेसम्म ८४ हजार एक सय ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार हजार ६ सय ३८ जनाको ज्यान गएको छ। एजेन्सी
Facebook Comments


























