जेष्ठ २२ । बुन्डेसलिगामा भेरडाआ ब्रेमेनमाथि रेलिगेशनको दबाब थपिएको छ।
बुधबार राति घरेलु मैदानमा आईनट्राख्ट फ्रान्कफुर्टसंग ३–० ले पराजित भएसंगै ब्रेमेनले रेलिगेशन जोनबाट बाहिर निस्कने मौका गुमाएको हो।
घरेलु मैदानमा भएको खेलमा ब्रेमेनले तीनै गोल दोस्रो हाफमा ब्यहोरेको थियो।
खेलको ६१ औं मिनेटमा आन्द्रै सिल्भाको गोलबाट पाहुना टोली फ्रान्कफुर्टले अग्रता लिएको थियो।
स्टेफन इलसान्करले ८१ औं मिनेटमा फ्रान्कफुर्टको अग्रता दोब्बर बनाएका थिए। खेलको अन्तिम मिनेटमा इल्सान्करले ब्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरे।
ब्रेमेन २९ खेलबाट २५ अंक जोड्दै तालिकाको १७ औं स्थानमा यथावत छ। उसले जित निकाल्दै रेलिगेशन जोनबाट बाहिर निस्कने मौका गुमायो। फ्रान्कफुर्ट ३५ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ। एजेन्सी
Facebook Comments


























