काठमाडौं, जेष्ठ २१ । सेती प्रोदेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनाको कोरोना पोजेटिभ आएको हो।
उनीहरुमध्ये ३ जना कैलाली र २ जना डोटीका छन्। सूचना अधिकारी श्रेष्ठका अनुसार कैलाली गौरीगंगाका २० र २५ वर्षका दुईजना पुरुष, कैलालीकै धनगढी–५ का ५१ वर्षीया पुरुष रहेका छन्।
यसैगरी डोटीको पूर्वीचौकी–४ का २२ वर्षीय र पूर्वीचौकी –७ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

Facebook Comments


























