चितवन, जेष्ठ २१ । संसारका ३० लाख भन्दा धेरै मानिस कोरोना संक्रमणमुक्त भएकाछन्।
कोरोनाविरुद्धको औषधि पत्ता लागिनसकेको बेला पनि उनीहरुले कोरोना संक्रमणमुक्त भएर स्वास्थ्य लाभ गरेका हुन्।
वर्ल्डओमिटरका अनुसार बिश्वका २ सय १३ देशका ६४ लाख ५२ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण भएकोमा ३० लाख ६७ हजार ५ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
सङ्क्रमित मध्ये ३ लाख ८२ हजार ४ सय ७९ जनाको ज्यान गएको छ।
Facebook Comments


























