जेष्ठ २१ । इंग्ल्यान्डको कप्तान जोय रुटले वेष्ट इण्डिजविरुद्धको टेष्ट सिरिज गुमाउँन सक्ने भएका छन्।
इंग्ल्यान्डले जुलाईमा वेष्ट इण्डिजसँग तीन खेलको टेष्ट सिरिज खेल्दैछ। तर, कप्तान रुटले भने सिरिज नखेल्ने सम्भावना बढेको छ।
जुलाईमा दोस्रो बच्चा जन्मिने भएपछि रुटले सिरिज गुमाउँन सक्ने भएका हुन्।
बीबीसीसँग कुरा गर्दै रुटले धर्मपत्नीले जुलाईमा दोस्रो सन्तानको जन्म दिएमा आफु सिरिजमा नहुने बताएका छन्।
दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ।
यस्तो ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ।
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिने बताईएको छ।
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको सिरिज यस अघिनै तय भएपनि कोरोना भाईरसको महामारीसँगै अन्योलमा रहेको थियो।
यस अघि सिरिजमा जुनमा तय भएको थियो। तर, कोरोनाको कारण स्थगित भएको थियो।
बन्द रंगशालामा हुने खेल अघि सम्पूर्ण खेलाडीको कोरोना परिक्षण हुनेछ।
इंग्ल्यान्डले विभिन्न राष्ट्रसँग तय भएको अन्तर्राष्ट्रिय सिरिजलाई मध्ये नजर गर्दै ५५ खेलाडीलाई प्रशिक्षणमा बोलाईसकेको छ।
इंग्ल्यान्डले समरमा पाकिस्तान, आयरल्याण्ड र अष्ट्रेलियासँग सिरिज खेल्ने तयारी समेत गरेको छ। एजेन्सी


























