काठमाडौं, जेष्ठ २० । नेपालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका ४५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। देशका विभिन्न स्थानमा उपचार गराइरहेका उनीहरु संक्रमणमुक्त भएर घर फर्किएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय ६६ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.देवकोटाले उक्त जानकारी दिएका हुन्।
यी मध्ये १ सय ७२ जना छन् भने ४८ जना महिला भएको समेत उनले जानकारी दिए। आज थप एक जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएसँगै यो संख्या २२० पुगेको हो।
मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Facebook Comments


























