चितवन, जेष्ठ २० । रत्ननगरमा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ।
खगेरी खोलामा डुबेर रत्ननगर नगरपालिका वडा नं ९ लालपर्सा निवासी ६७ वर्षीय गोरे कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ।
भैँसी चलाउन जाँदा खोला तर्ने क्रममा डुबेर उनको मृत्यु भएको हो। कुमालको सब पोर्टमाटमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments


























