काठमाडौं, जेष्ठ २० । सुनचाँदी पसलमा चोरी गरेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका सरकारीधाराको नोर सुन चाँदी पसलबाट झण्डै २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको सुन तथा चाँदीका गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा काठमाण्डौ गोंगबु बस्ने पोखरा अमरसिंङ चोकका मिलन तामाङ, काठमाण्डौ ठमेल बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका ४ का ३१ वर्षीय प्रेम तामाङ र भारत मोतिहारीका २५ वर्षीय ऋषिमुनि कुमार रहेका छन्।
उनीहरुको साथबाट मंगल सुत्र, चन्द्रमा हार, चाँदीको पाउजु सहित विभिन्न गरगहना बरामद गरेको प्रहरीले जनाएको छ।
Facebook Comments


























