काठमाडौं, जेष्ठ २० । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ।
एमसीसीको विरोधमा मंगलबार दिउँसो युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरुले ‘एमसीसी अस्वीकार गरौँ’, ‘एमसीसी खारेज गर’, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
उनीहरुले सडकको बिचमै बसेर प्रदर्शन गरेका हुन्। उनीहरुले आन्दोलन जारी रहने बताएका छन्।
Facebook Comments


























