काठमाडौं, जेष्ठ २० । कोरोना भाइरसको महामारीपछि भिडियो कुराकानी तथा बैठकका लागि ब्यापक प्रयोगमा आएको जुम एपले नयाँ सेवाहरू थप गरेको छ।
जुममार्फत् भएका कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला जुमले गोपनीयता सुनिश्चित गर्ने प्रविधि थपेको जनाएको छ।
जुम एपको सवैभन्दा पछिल्लो भर्सन ५.० मा गोपनीयता, सूचनाको सुरक्षालगायतलाई सुनिश्चित गर्ने विषेशतासहितका सेवाहरू थप गरिएको जनाइएका छन्।
यस्तै पासवर्ड, वेविनार तथा क्लाउड रेकर्डिङ, एडमिन, सेटिङ्ग, बैठकको समयावधिलगायतका विषयमा पनि केही सुधार गरिएको कम्पनीले जनाएको छ।
Facebook Comments


























