दार्चुला, जेष्ठ २० । प्राध्यापक डाक्टर गोविन्द केसीको १८औं पटक अनशनमा बसेका छन्। दार्चुला सदरमुकाम खलंगामा मंगबार बिहानबाट अनशन सुरु गरेको केसीका सहयोगी प्रितम सुवेदी बताए। अनशन दुई दिने रहेको पनि सुवेदीले जानकारी दिए।
उनले यस पटकको अनशनमा सीमाञ्चलका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौम सत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका हुनुपर्ने माग राखेका छन्।
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न तत्काल सरकारले प्रक्रिया सुरु गर्नुपर्ने, डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका स्थानमा मेडिकल कलेज खोल्ने प्रक्रिया छिटो अघि बढाउनु पर्ने माग पनि डाक्टर केसीले राखेका छन्।
Facebook Comments


























