जेष्ठ १९ । जर्मन बुन्डेसलिगा फुटबलमा आज (सोमबार) आरबी लाइपजिगले एफसी कोल्नसँग प्रतिस्पर्धा गर्दैछ।
लाइपजिगले कोल्नसँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति सवा १२ बजे सुरु हुनेछ।
कोल्नको मैदानमा लाइपजिग सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ। किनकि लाइपजिगलाई लिगको शीर्ष तीनमा उक्लने मौका रहेको छ।
कोल्नलाई पराजित गरे लाइपजिगले शीर्ष टोलीसँगको अंक दुरी समेत कम गर्नेछ। लाइपजिग ५५ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ ।
घरेलु टोलीलाई हराएमा बोरुसिया मन्छेनग्लाडबाख र बायार लेवरकुसनलाई पछि पार्दै लाइपजि तेस्रो स्थानमा उक्लने छ।
लिग लिडर बायर्न म्युनिखको ६७ अंक रहदा दोस्रो स्थानको बोरुसिसा डर्टमण्डको ६० अंक रहेको छ। लाइपजिग बायर्न भन्दा १२ अंक र डर्टमण्ड भन्दा ५ अंकले पछि रहेको छ।
यता, घरेलु टोली कोल्न पनि लाइपजिगलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ। कोल्न ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ। एजेन्सी


























