परासी, जेष्ठ १९ । भारततर्फ तस्करी गर्न लुकाइराखिएको ठूलो परिमाणको अवैध छोकडा सशस्त्र प्रहरीले बरामद गरेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको पाल्हीनन्दन गाउँपालिका–२ मुडेरास्थित सीमा नजीकै एक छाप्रामा भारततर्फ लैजानका लागि राखिएका अवस्थामा रु तीन लाख ३७ हजार ५०० बराबरको एक हजार ३५० केजी छोकडा बेवारिसे अवस्थामा आज बिहान फेला पारिउको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए।
विशेष सुराकीका आधारमा गणबाट खटिएको मोबाइल गस्ती टोलीले अवैध छोकडा बरामद गरी आवश्यक कारवाहीका लागि महेशपुर भन्सार बुझाएको उनले बताए। रासस
Facebook Comments


























