जेष्ठ १८ । अष्ट्रेलिया क्रिकेट टिमले आगामी अगष्टमा जिम्बावेसँग एकदिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ।
क्रिकेट अष्ट्रेलियाले पुरुष टिमले जिम्बावेसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने पक्का भएको जनाएको छ।जिम्बावेसँगको सिरिज अगष्ट ९ बाट सुरु हुने अष्ट्रेलियाले जनाएको छ।
कोरोनाको महामारीको कारण अष्ट्रेलियाले मार्चबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन।
यसै वर्ष अष्ट्रेलियामा तय भएको टी-ट्वान्टी विश्वकप समेत अन्योलमा रहेको छ। तर, क्रिकेट अष्ट्रेलियाले जिम्बावेसहित अन्य राष्ट्रसँगको सिरिजको मिति भने तय गरेको छ।
अष्ट्रेलियाले वेष्ट इण्डिज र भारतसँग अक्टोबरमा टी-ट्वान्टी सिरिज खेल्ने समेत जनाएको छ।
त्यस्तै नोभेम्बरमा अफगानिस्तानसँग र डिसेम्बरमा भारतसँगको टेष्ट सिरिजको तालिका समेत अष्ट्रेलियाले सार्वजनिक गरेको छ। एजेन्सी
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







