सुर्खेत, जेष्ठ १८ । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकामध्ये ३३ र आज बिहान १८ नयाँ थपिएसँगै ५१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ। त्यस्तै, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २५ सल्यान र एक जना सुर्खेतका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलाय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए।
यसअघि सुर्खेतका ३०, देलेख १४, बाजुराका एक र बोल्न नसक्ने एक महिलामा गरेर ४६ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो।
कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि अब यसको जोखिम न्यूनीकरण, रोकथाम र उपचार कसरी गर्ने भन्ने रणनीतिमा केन्द्रित रहेर कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा अहिले आकस्मिक बैठक बसिरहेको सामाजिक विकासमन्त्री दल रावलका स्वकीय सचिव नन्दबहादुर रोकायले जानकारी दिए। रासस


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







