काठमाडौं, जेष्ठ १८ । सिन्धुपाल्चोकमा एकजना वृद्धको क्वारेन्टाइनमा बसेर फर्किएपछि ज्यान गएको छ। चौतारा साँगाचोकगढी नगरपालिका-१३ को क्षेत्रीय क्वारेन्टाइनमा १४ दिन बसेर फर्किएका वृद्धको मृत्यु भएको हो।
करिब ७० वर्षीय वृद्धाको शनिबार साँझ मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णबहादुर तामाङले जानकारी दिए। उनका अनुसार वृद्धलाई हृदयघात भएको अनुमान गरिएको छ।
उनको स्वाव परीक्षण लागि पठाएको तामाङले बताए। रिपोर्ट आएपछि कोरोना हो होइन पुष्टि हुने उनले जानकारी दिए। क्वारेन्टाइनबाट फर्किपछि श्वास फेर्न गाह्रो भयो भन्दै स्वास्थमा समस्या देखिएपछि अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











