काठमाडौं, जेष्ठ १८ । सरकारले जारी गरेको नयाँ नक्शा संसदको दुई तिहाईबाट पारित गरेपछि मात्र यसले वैधानिकता पाउनेछ। त्यसैले आज सरकारका तर्फबाट कानुनमन्त्री डा. शिवमाया तुम्वाहाम्फेले संसदमा नक्शा संशोधनसम्बन्धी विधयेक प्रस्तुत गर्ने भएको छ।
संसद बैठकको शुरुमै विधयेक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। हिजो नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले नक्शाको पक्षमा मतदान गर्ने निर्णयसँगै सरकारले आज विधयेक प्रस्तुत गर्न लागेको हो। गत हप्ता नै संसदमा पेश गर्ने भनिएको विधयेक केही पछि सारेपछि आशंका उब्जिएको थियो। सत्तापक्षले प्रमुख प्रतिपक्ष काँग्रेसको आग्रहमा सारिएको भनेको थियो।
काँग्रेसले विधिसम्मत तरिकाले पार्टी केन्द्रीय कार्यसमिति बैठक बसी बढ्ने भनेपछि केही पर धकेलिएको थियो। आज पेश गरिएको विधयेकबारे छलफल भई छिट्टै निर्णयार्थ प्रस्तुत हुने बुझिएको छ। नेकपा र काँग्रेसको संसद सदस्य संख्या नै विधयेक पारित गर्न पर्याप्त रहेको छ। त्यसैले संसदबाट विधयेक पारित हुने निश्चित देखिन्छ।
राष्ट्रिय समाजवादी पार्टीले भने संविधान संशोधनमा मधेशी, जनजाति, थारुलगायत अल्पसंख्यकको माग पूरा हुने गरी प्याकेजमा गर्न जोड दिदै आएको छ। नक्शा विधयेक सर्वसम्मतले पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयास गर्दै आएका छन्।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







