काठमाडौं, जेष्ठ १७ । नेपालमा आजसम्म दुई सय १९ जनाले कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आजसम्म नेपालमा २ सय १९ जना कोरोना संक्रमितहरु उपचारपछि संक्रमणमुक्त भएर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाअनुसार हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २१९ पुगेको छ। जसमध्ये १७२ जना पुरुष र ४७ जना महिला छन्। आजमात्रै १३ जना डिस्चार्ज भएका हुन्।
Facebook Comments


























