मोरङ, माघ ६ । मोरङको मिक्लाजुङ गाउँपालिकाको रमितेस्थित निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा एस्काभेटरमा विष्फोट गराइएको छ।
१ नम्बर प्रदेश सरकारको ५८ करोड ५६ लाखको बजेटबाट ठेक्का स्वीकृत भै सडक कालोपत्रे गर्नका लागि सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँमा पुगेको ३ थान एस्काभेटरमा विष्फोट गराइएको स्थानीयले बताएका छन्।
विष्फोटका कारण क्षतिको विवरण आइनसके पनि तीनवटै एक्साभेटर ध्वस्त भएका छन्। विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय मधुमल्लाले भने विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा माओवादीले विष्फोट गराएको आशंका गरेको छ। तर, घटनाको जिम्मेवारी भने कसैले पनि लिएको छैन।