दैलेख, जेष्ठ १७ । जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ।
दुल्लु अस्पतालका प्रमुख डा.पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे।
‘गत ७ गते उनी भारतबाट आएका थिए। भारतबाट आएका कारण उनीसहितको टोलीलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेका थियौं,’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले बताए ‘उनी बिहान चिया र विस्कुट खाएपछि ढलेका थिए।’
उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो। उनको स्वाव जाँचको रिर्पोट आज आउने नगरप्रमुख भण्डारीले बताए।
Facebook Comments


























