काठमाडौं, जेष्ठ १७ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटले सुनको भन्सार दर बढाएको छ। यसअघि प्रति १० ग्राम सुनमा ६ हजार ५ सय रुपैयाँका दरले लाग्दै आएको भन्सार महशुल बजेटमा २ हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याइएको हो।
एक तोला सुनमा ११.६६४ ग्राम सुन हुन्छ। जसअनुसार, तोलामा सुनको भाउ अब २३ सय ३२ रुपैयाँले महँगिएको छ। भन्सार बढेसँगै सुनको मूल्य पनि बढ्छ। यस्तै, चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पु्र्याइएको छ।
Facebook Comments


























