काठमाडौं, जेष्ठ १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालाय बैठक शनिबार बस्दैछ। बैठक अहिले केहिबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यक्रमलाई बजेटमा घुसाइएको भन्दै नेकपामा पुनः विवाद सुरु भएका बेला बैठक बस्न लागेको हो।
बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाउने उल्लेख छ।
नीति तथा कार्यक्रममा एमसीसीको कार्यक्रम समावेश गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र भीम रावलले आपत्ति जनाउँदै एमसीसी जस्केलाबाट घुसाउन खोजेको आरोप लगएका थिए।
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने क्रममा जस्केलाबाट होइन सिधै पारित गर्ने बताएका थिए। शनिबारको बैठकमा बजेटमा समावेश एमसीसी कार्यक्रमबारे छलफल हुने बताइएको छ।


























