जेष्ठ १६ । इंग्ल्यान्डको एफए कप फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ।
इंग्ल्यान्ड फुटबल एसोसियसनले क्वाटरफाइनलबाट फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो।
एफए कपको क्वाटरफाइनल खेल जुन २७ र २८ मा हुनेछ। यस्तै जुलाई ११ र १२ मा सेमिफाइनल हुनेछ। फाइनल खेल अगष्ट १ मा हुनेछ।
एफए कपको क्वाटरफाइनलमा लेष्टर सिटी र चेल्सी तथा म्यानचेस्टर सिटी र न्युकासल युनाइटेड खेल्ने छन्।
यस्तै सेफिल्ड युनाइटेड र आर्सनल तथा नर्विच र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ। एजेन्सी
Facebook Comments


























