बाग्लुङ, जेष्ठ १६ । कुटपिट गरी घाइते बनाएको अभियोगमा अरबिन थापा बिहीबार दिउँसो पक्राउ परेका छन्। दुई जना किशोरीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा जैमिनी नगरपालिका सिरुवारीका थापालाई प्रहरीले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरी थापाले ती किशोरीहरुलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुश्मीसेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। कुपटिबाट घाइते भएकी १ जना किशोरीलाई स्थानीय कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै थप उपचारको लागि मणिपाल हस्पिटल पोखरा रिफर गरिएको छ भने अर्की घाइते सोही स्वास्थ्य केन्द्रमा उपचार पश्चात डिस्चार्ज भएकी छिन्।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments


























