सर्लाही, जेष्ठ १६ । सर्लाहीमा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं ३ बस्ने ३० वर्षीय मोटरसाइकल चालक तौसिफ राजा मिकरानी मोटरसाइकल पछाडि सवार वडा नं ३ कै ३१ वर्षीय अजमल मिकरानी रहेका छन्।
बिहीबार वडा नं ६ खुटौनाको नहर हुँदै मुसैलीबाट भांडसर तर्फ जादै गरेको बिआर ३१ एक्स ९८१८ नम्बरको अपाची मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा लागू औषध गाजासहित उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरी २ नं. प्रदेश प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी जय राज सापकोटाले जानकारी दिए।
उनीहरुको साथबाट अन्दाजी १२ किलो अवैध लागूऔषध गाँजा बरामद गरिएको थियो। पक्राउ गरिएको दुबै जनालाई आवश्यक कार्वाहीको जिल्ला प्रहरी कार्यलय सर्लाहीमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय प्रवक्ता सापकोटाले जानकारी दिए।


























