काठमाडौं, जेष्ठ १६ । दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता प्रभासको बाहुबली रुसमा पनि लोकप्रिय बनेको छ।
बलिउडमा पनि बाहुबली २ ले तहल्का मच्चाएको थियो। यसले सबै रिकर्डहरु तोडेको थियो।
एसएस राजामौलीको यो फिल्म बाहुबली: द कन्क्लुजन भारतीय चर्चित फिल्ममध्ये एक हो। यो फिल्म अब रुसमा पनि लोकप्रिय बनेको छ।
अहिले यो फिल्म रुसका टेलिभिजनमा प्रसारण भइरहेको छ। रुसी भाषामा रुपान्तरण गरिएको फिल्म रुसी नागरिकले पनि खुब मन पराइरहेका छन्।
यो फिल्म पहिलो पटक तेलगुमा बनेको थियो। त्यसयता हिन्दी हुँदै एक दर्जनभन्दा बढी भाषामा रुपान्तरण गरिएको छ।
बाहुबलीले भारतमा दुई सय ५० करोड भारतीय रुपैयाँ कमाएको थियो। संसारभर एक हजार आठ सय करोड भारतीय रुपैयाँ कमाएको छ।
Facebook Comments


























