जेष्ठ १६ । कोरोना भाइरसको महामारीले स्थगित भएको इंग्लिस प्रिमियर लिग यही जुन १७ देखि सुरू गरिने भएको छ।
९२ खेल हुन बाँकी रहँदा महामारीका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगका बाँकी खेल १७ जुनदेखि सुरू गर्न लागिएको हो।
जुन १७ मा एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुने भएको छ।
बन्द रंगशालमा हुने खेलहरू २१ जुनबाट पूर्ण तहमा अर्थात सबै रंगशालामा दर्शकबिना नै पूर्ववत अवस्थामा सुरू गर्ने तयारी भएको छ। एजेन्सी
Facebook Comments


























