सर्लाही, जेष्ठ १५ । सर्लाहीमा आफ्नै ७० वर्षीय बाबु रामअधिन रायको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बसवरिया गाउँपालिका ५, धनगढा टोलका ३५ वर्षीय विनोद राय छन्।
रामअधिनलाई आफ्नै गोठको आँगनमा हत्या गरेको आरोपमा इलाका प्रहरीको टोलीले लुकीछिपी बसेको अवस्थामा विनोदलाई पक्राउ गरेको हो।
रामअधिनले जग्गा अभियुक्तका दाइको नाममा पास गरिदिएको विषयलाई लिएर बाबु सुतिरहेको अवस्थामा बाँसको लठ्ठीले शरीरका विभिन्न भागमा प्रहार गरी मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा प्रयोग भएको बाँसको लठ्ठीलगायत सामान प्रहरीले बरामद गरेको छ।
Facebook Comments


























