काठमाडौं, जेष्ठ १५ । सरकारले संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्दैछ। बिहीबार दिउँसो २ बजे बैठक बस्न लागेको हो।
बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठक डाकिएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रीपरिषद बैठकमा कोरोना भाइरस नियन्त्रण, जारी लकडाउनलगायतका विषयमा छलफल हुँदैछ।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको बैठकमा सहभागी हुने उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।
Facebook Comments


























