जेष्ठ १५ । फेसबुकले पछिल्लो समय नयाँ प्रोडक्टहरुमा आफ्नो ध्यान केन्द्रित गरेको छ। यसबीच फेसबुकले शर्ट भिडियो एप टिकटकलाई टक्कर दिन आफ्नो नयाँ एप कोल्याब सार्वजनिक गरेको छ। तर यो एप हालका लागि आईओएस युजर्सहरुका लागि अमेरिका र क्यानडामा मात्र उपलब्ध छ।
कोल्याबको माध्यमबाट तपाईले शर्ट भिडियोहरु बनाउन सक्नुहुन्छ। यसमा तपाईले इच्छा अनुसारको म्युजिक पनि राख्न सक्नुहुन्छ। तपाईले कुनै पनि गीतको तीन भागमा भिडियो बनाउन सक्नुहुन्छ। अन्य दुई भागका लागि आफ्ना साथीहरुलाई पनि इन्भाइट गर्न सक्नुहुन्छ।
कोल्याबका धेरै जसो फिचरहरु टिकटकको जस्तै नै छ। तपाईले बनाएको भिडियोलाई प्रयोग गरेर अन्य युजर्सले पनि भिडियो बनाउन सक्छन्। एउटै भिडियोलाई तीन भागमा बाढेर उदाहरणका लागि तपाईले गाउन सक्नुहुन्छ, तपाईको साथीले गिटार बजाउन सक्छ र अर्को साथीले संगीत दिनसक्छ।
कोल्याबमा बनाएको भिडियो प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा पनि शेयर गर्न सक्छन्। तर यो एपबाट भिडियो तपाईले मोबाइल फोनमा सेभ गर्नसक्नुहुन्न।
यसअघि पनि गत वर्ष फेसबुकले शर्ट भिडियो एप लास्सो सार्वजनिक गरेको थियो।


























