जाजरकोट, जेष्ठ १४ । रुकुम पश्चिमको सोती घटनामा हराएकाहरुको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरेको छ।
टोलीले बेपत्ताहरुलाई भेरी नदीमा बगाइएको हुन सक्ने शंकामा गोताखोरमार्फत खोजी सुरु भएको हो। घटनामा परेर बाँच्न सफल मृतकका साथीहरुको प्रारम्भिक बयान अनुसार हराएकाको खोजी कार्य सुरु भएको प्रहरीले जनाएको छ।
रुकुम पश्चिमको सोती गाउँमा मल्ल थरकी युवतीलाई भगाउन जाजरकोटबाट गएका दलित युवाको टोलीलाई स्थानीयले कुटपिट गरी हत्या गरेका थिए। अहिलेसम्म भेरी नदीमा बगाएको अवस्थामा ३ जनाको शव भेटिएको छ भने अझै ३ जना हराइरहेका छन्।
अन्तरजातीय विवाह गर्न लागेकै कारण यति ठूलो घटना भएको भन्दै छानबिन गरेर दोषीलाई कडा कारबाहीको लागि संसददेखि सडकबाट माग भइरहेको छ।
Facebook Comments


























