जेष्ठ १४ । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटलाई ‘तथ्य जाँच चेतावनी’को ट्याग लगाएको छ।
ट्वीटरले ट्रम्पको पोष्टमा पहिलोपटक तथ्य जाँचको लेबल दिएको हो। ट्रम्पले इमेल मार्फत गरिने मतपत्रहरु ठग्ने जालसाजीभन्दा कम नभएको भन्दै ट्वीट गरेपछि ट्वीटरले उक्त पोस्टको मुनि निलो रङ्गको एक चेतावनी लेबल राखेको छ।
ट्रम्पले मेल मार्फत मतदान गरिने मतपत्रहरूको बैधताको बारेमा धेरै असह्य दावी गरेका भन्दै ट्वीटरमा आलोचना पनि भएको छ।
यसैबीच ट्वीटरको ‘तथ्य जाँच चेतावनी’ लाई ट्रम्पले आगामी राष्ट्रपतीय चुनावमा ट्वीटरले गर्न खोजेको हस्तक्षेपको संज्ञा दिएका छन्।
उनले ट्वीटरमार्फत नै उक्त ‘तथ्य जाँच चेतावनी’ को जवाफ दिदै ट्वीटरले सीएनएन र वासिङ्टन पोष्टका गलत समाचारका आधारमा राष्ट्रपतीय चुनावमा हस्तक्षेप गर्ने नियतसाथ ‘तथ्य जाँच चेतावनी’ दिएको उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल कम्पनी ट्वीटरले यहि महिनाको सुरूमा चेतावनी लेबलहरूमा आफ्ना नीतिहरू अध्यावधिक गरेको थियो।


























