काठमाडौं, जेष्ठ १२ । डा. गोविन्द केसीले फेरि अनसन बस्ने घोषणा गरेका छन्। अब बस्दा केसीको १८ औं पटकको अनसन हुनेछ।
डा.केसीले आज प्रेस विज्ञप्ति निकाल्दै आगामी जेठ २ गतेदेखि २ दिन अनसन बस्ने घोषणा गरेका हुन्।
डा.केसीले भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया शुरु गर्न माग गर्दै र चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरु राख्दै दुई दिन अनसन बस्ने घोषणा गरेका हुन्।
Facebook Comments


























