जेष्ठ १२ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले बलिउडका कार्यक्रमहरु ठप्प छन्। भारतमा कोरोना संक्रमितको संख्या पनि तिव्र गतिमा बढी रहेको छ। यस्तो अवस्थामा सबै कलाकारहरु अहिले घरमै समय बिताइरहेका छन्।
यतिबेला कोरोनाका कारण समस्यामा परेका मानिसहरुलाई बलिउडका कलाकारले सहयोग पनि गरिरहेका छन्। यस्तै बलिउड अभिनेत्री जुही चावलाले पनि समस्यामा परेका बिसानलाई सहयोग गरेकी छिन्।
भारतिय मिडियाका अनुसार उनले भूमिहीन किसानका लागि सहयोग गरेकी हुन्। उनले यसपटक धानको बाली लगाउन किसानलाई पारिवारिक खेत दिने भएकी हुन्। उनले बाली लगाएबापत उत्पादनको सानो हिस्सा किसानहरूलाई नै प्रदान गरिने बताएकी छिन्।
Facebook Comments



















![केपी शर्मा ओली : प्रधानमन्त्री [फाइल फोटो]](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2019/06/RoS_Ktm20190606IMG_13041073f.jpg?resize=150%2C150&ssl=1)






