जेष्ठ १२ । भारतीय क्रिकेट टिमका पूर्व खेलाडी अतुल वासनले भारतको टी-ट्वान्टी क्रिकेट टिमको कप्तानी रोहित शर्माले पाउनुपर्ने बताएका छन्।
भारतीय क्रिकेट टिमको कप्तानी विभाजन आवश्यक रहेको भन्दै वासनले कम्तिमा टी-ट्वान्टीको कप्तानी रोहितलाई दिईनुपर्ने बताएका हुन्।
भारतको तीनै फर्म्याटको कप्तानी विराट कोहलीले गर्दै आएका छन्।
‘मलाई लाग्छ विभाजित कप्तानहरुको आवश्यक छ। विराट सबैको कप्तान चाहन्छन्। तर, रोहितले एक सहज लिडर भएको देखाईसकेका छन्। उनको रेकर्ड राम्रो छ। उनले अग्रपंक्तिमा छन्,’ वासनले भने, ‘टेष्टमा विराट बोस हो। एकदिवसीयमा अर्को विश्वकपसम्म विराटलाई कप्तान दिनुपर्छ। टी-ट्वान्टीमा विराटको तनाव कम गर्न रोहितलाई नेतृत्व दिनुपर्छ।’
भारतीय टिमका उपकप्तान रोहित इन्डियन प्रिमियर लिगमा सफल कप्तान हुन्। मुम्बई इन्डियनबाट खेल्ने रोहितले आफ्नो कप्तानीमा ४ आईपीएल उपाधि दिलाएका छन्।
टी-ट्वान्टीको फ्रेन्चाइज लिगमा सफल भएकै कारण रोहितलाई टी-ट्वान्टीको नेतृत्व दिनुपर्ने वासनको दाबी छ।
यस्तै वासनले ऋषब पन्त भारतका लागि खेल जिताउने खेलाडी भएको समेत बताए।
‘भारतका लागि लागि ऋषब पन्तले खेल जित्ने प्रदर्शन गर्ने खेलाडी हुन्,’ उनले भने।
५२ वर्षे वासन क्रिकेटबाट सन्यास लिएपछि क्रिकेट कमेन्टटेर गर्दै आईरहेका छन्। एजेन्सी


























